कोरोनाभाइरस संक्रमणको परीक्षण गर्न हिँडेकी युवतीले पुलिसलाई थुकेपछि... (भिडियो)
अष्ट्रेलियाको सिड्नीस्थित एक महिलाले पुलिस अधिकारीलाई थुकेकी छिन् ।
द गार्डियनका अनुसार शुक्रबार अपरान्ह पुलिसले ग्रिनेकरमा रोक्दा उनले आफ्नो गाडी १२० किलोमिटर माथिको गतीमा कुदाएकी थिइन् ।
स्रोतका अनुसार पछि उनलाई रोबर्टस् रोडमा प्रहरीले पक्राउ ग–यो । पुलिसले बाहिर निस्कन भनेपनि उनी अटेर भएर भित्रै बसिरहेकी थिइन् ।
जब उनलाई पुलिसले जबर्जस्ती कारबाट बाहिर निकाल्न खोज्यो तब २५ वर्षकी ती युवतीले पुलिसको अगाडि खोकिन् र उनलाई थुक्दै आफू कोभिड–१९ को परीक्षण गर्न यात्रा गरिरहेको बताइन् ।
त्यसपछि उनीमाथि तीब्र गतीमा गाडी हुँइकाएको र ड्युटीमा रहेको प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरियो । शुक्रबार उनी पारामाटा स्थानीय अदालतमा उपस्थित भइन् ।
‘पुलिसले कुनै पनि अवस्थामा आफूमाथि भएको यस्तो व्यवहार सहन सक्दैनँ,’ एनएसडब्ल्यूका पुलिस असिस्टेन्ट कमिश्नर माइकल कर्बोइले भने ।
ती महिलामा श्वासप्रश्वाससम्बन्धि कुनै समस्या देखिएको छैन यद्यपि, ती पुलिस अधिकारीको कोभिड–१९ परीक्षण गरिने जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण