तारा एयरको ‘रिलिफ फ्लाइट’: आज लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडहरुको उद्धार
काठमाडौं– तारा एअरले आइतबार लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडहरुको उद्धार गरेको छ । नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीहरुलाई पनि उद्धार गरिएको एयरलाइन्सले जनाएको छ ।
कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु लुक्लामा अलपत्र परेका अमेरिकन र बेलायती नागरिकहरुलाई यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्धार गरी आज काठमाडौं ल्याएको हो । एयरलाइन्सको ‘रिलिफ फ्लाइट’ सञ्चालन गरिएको आज चौथों दिन हो ।
शनिवार दिउँसो १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्धार गर्न तारा एयरको विमान तयारी अवस्थामा रहेपनि खराव मौषमका कारण रद्द भएकोले सो उडान आज विहान ७ बजेको लागि सारिएको थियो ।
काठमाडौं स्थित बेलायत र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी तारा एयरले पर्यटकहरु उद्धारका लागि १८ सिट क्षमता भएको 9N ALO ट्वीन अटर विमान लुक्ला पठाएको थियो ।
यसअघि, यती एयरलाइन्सले शुक्रवार र शनिवार गरी पोखराबाट ६० जना पर्यटकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो ।
साथै, तारा एयरले चैत १३, १४ र १५ गते गरी लुक्लाबाट जम्मा ८१ जना पर्यटकहरुलाई उद्धार गरिसकेको छ । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एयरलाइन्सले जहाज पठाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण