नायिका शिखा मल्होत्राले सुरु गरिन् नर्सको ‘ड्युटी’: मुम्बईको अस्पतालमा गरिरहेकी छिन् बिरामीको उपचार
भारतमा कोरोनाभाइरससँग लड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउनको घोषणा गरेका छन् । समाजका विभिन्न वर्गसँग जोडिएका मानिसहरु पनि कोरोनाभाइरससँग लड्न अघि बढेका छन् । कतिले गरिबलाई खाना बाँडिरहेका छन् भने कतिले आर्थिक सहयोग गरिरहेका छन् । यस्तै बलिउड नायिका शिखा मल्होत्रा पनि बिरामीहरुको सहयोगका लागि अघि सरेकी छिन् ।
शिखाले आफू बलिउडमा आउनुअघि नर्सको तालिम लिइसकेको बताएकी छिन् ।
जागेश्वरीको एक अस्पतालमा काम गरिरहेकी छिन् शिखाः
शिखाले वर्धमान महावीर मेडिकल कलेज र नयाँ दिल्लीस्थित सफदरगञ्ज अस्पतालबाट सन् २०१४ मा नर्सिङ पढेकी थिइन् । तर अभिनयका कारण उनले आफ्नो नर्सिङको पढाई पूरा गर्न सकेकी थिइनन् । यस्तोमा उनले देशको स्थिती हेर्दै कोरोना संक्रमितको हेरविचार गर्ने निर्णय गरेकी छिन् । उनी यतिबेला मुम्बईको जागेश्वरी ईस्टस्थित हिन्दु हृदय सम्राट बालासाहब ट्रमा हस्पिटलमा भोलुन्टियर नर्सको रुपमा काम गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण