अमेरिकामा किन २ लाखको मृत्यु हुन्छ भनेर आँकलन गरिँदैछ ?
अमेरिकाका संक्रामक रोगका चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकदेखि दुई लाख व्यक्तिको ज्यान जानसक्ने अनुमान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्लि कोरोना भाइरसको विषयमा जुन टास्क फोर्स बनाएका छन्, एन्थोनी उक्त फोर्सका एक सदस्य पनि हुन् । डा. एन्थोनीले अमेरिकामा जुन गतीमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ त्यसको आधारमा यस्तो बयान दिइरहेका छन् ।
फाउचीले यो कुरा सिएनएनसँगको कुराकानीमा भनेका हुन् । अमेरिकामा कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिको संख्या संसारभरीकै उच्च छ । यहाँ १ लाख ४२ हजार बढी कोरोना भाइरसद्वारा संक्रमित छन् भने २४ सय बढीको मृत्यु भइसकेको छ ।
अमेरिकाको जनस्वास्थ्य विज्ञका अनुसार देशका केही भाग यस्ता पनि छन् जहाँ कोरोना भाइरसको संक्रमणको केही जानकारी दर्ता गरिएको छैन ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा सन् २०१० देखि हरेक वर्ष मौसमी फ्लूका कारण १२ हजार देखि ६१ हजार व्यक्तिको ज्यान गइरहेको छ ।
कोरोना भाइरसबाट हुने मृत्युदर फ्लूभन्दा निकै धेरै छ । ज्येष्ठ नागरिकको जनसंख्यामा कोरोना भाइरसद्वारा हुने मृत्युदर फ्लूको तुलनामा ६ गुणा बढी छ । खतरालाई मध्यनजर गर्दै ट्रम्पले सोसल डिस्टेन्सिङको समयसीमा ३० अप्रिलसम्म बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण