दोस्रो विश्वयुद्ध पछि कोरोनाभाइरस सबैभन्दा ठूलो चुनौतीः संयुक्त राष्ट्रका महासचिव
पूरा संसार कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसद्वारा सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् । जबकी मृतकको संख्या ४२ हजार पार गरिसकेको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेशले कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती बताएका छन् ।
उनले भने, ‘यो संक्रमणले संसारमा मन्दी ल्याउन सक्छ । यस्तो मन्दी जुन पछिल्ला वर्षमा कहिल्यै देखिएको थिएन ।’
संयुक्त राष्ट्र महासचिवले कोरोना भाइरस संक्रमणको सामाजिक र आर्थिक प्रभावको सन्दर्भमा जारी गरिएको एक रिपोर्टको क्रममा यसबारे जानकारी दिएा हुन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ एक लाख ८८ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी ३ हजार ८ सय बढीको ज्यान गइसकेको छ ।
अमेरिका र इटलीमा मृत्यु हुनेको संख्या चीनभन्दा पनि बढी छ ।
अमेरिकामा हरेक चार नागरिकमधये तीनजना लकडाउनमा छन् । अमेरिकामा कोरोना भाइरस संक्रमण रोक्नका लागि विभिन्न कडा प्रतिबन्ध लागू गरिएको छ ।
यस्तै, अमेरिका र इटलीपछि स्पेनले पनि यो भाइरसको संक्रमणको मार झेलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण