शुक्रबार बिहानसम्म कोरोनाका कारण संसारभरी के के भए...
शुक्रबार, २१ चैत २०७६, ०८ : ४६
– संसारभरी कोरोनाभाइरसको संक्रमणको आँकडाले १० लाख पार गरेको छ । यद्यपि, यो आँकडा थप बढ्न सक्ने अनुमान गरिएको छ ।
– कोभिड–१९ रोगका कारण मृत्युको आँकडा ५३ हजार २ सय पुगिसकेको छ जबकी २ लाख १२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।
– अमेरिकामा यो संक्रमणका कारण ६ हजार बढीको मृत्यु भएको छ जबकी त्यहाँ संक्रमितको संख्या साढे दुई लाख पुगिसकेको छ ।
– युरोपमा मृतकको आँकडा अहिलेसम्म सबैभन्दा धेरै छ । इटलीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा १० हजार ३ सय ४८ को मृत्यु भइसकेको छ ।
– विश्व स्वास्थ्य संगठनले भाइरस फैलन रोक्नका लागि मध्य पूर्वले थप कोसिस गर्नुपर्ने बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण