डोल्पालीलाई सांसदको राहत
डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गरेका छन् । कोभिड–१९ विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर भोकभोकै रहेका डोल्पावासीलाई सांसदले खाद्य सामग्री वितरण गरेका हुन् ।
उपचारका लागि काठमाडौँ गएका डोल्पाली लकडाउनपछि अलपत्र परेका थिए । पूर्वराज्यमन्त्री बुढाले जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिंहका तीन जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाका ६ जनाको परिवारलाई नुन, चामल, तेल, दाल, मसलालगायत खाद्य पदार्थ वितरण गरेका हुन् । ‘उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नुपरेको थियो, सांसद बुढाको सहयोग पायौँ, ठूलो राहत महसुस गरेका छौँ’, राहत थाप्दै कमलाले भनिन् । डोल्पाली भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरीद गरेर वितरण गरिएको सांसद बुढाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण