प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागेकी महिला पक्राउ
मङ्गलबार, २५ चैत २०७६, ११ : ००
जनकपुर - प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेको अवस्थामा भागेकी एक महिलालाई प्रहरीले रातारात पक्राउ गरेको छ ।
धनुषाको सपहीमा भागिरहेको अवस्थामा सिरहाको नरहा गाउँपालिका–३ बस्ने ५५ वर्षीय शैला खातुनलाई प्रहरीले पक्राउ गरी पुनः आइसोलेसनमा राखेको हो ।
भारतको बिहार राज्यको झँझारपुरबाट एक सातापूर्व गाउँ फर्किएकी खातुनलाई रुघाखोकी र ज्वरो आएपछि छोराले घरमा बस्न नदिएको बताइन्छ । छोराले घरबाट निकालिदिएपछि छोरीको घर गएकी उनलाई छोरीले पनि घरमा बस्न नदिएको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अन्सुल अन्सारीले जानकारी दिए ।
अन्सारीकै पहलमा दुई दिन अघि खातुनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण