ट्रम्पलाई अफ्रिकी–अमेरिकी नागरिकको चिन्ता
अहिले कोरोनाभाइरसको केन्द्र बनेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो समय दैनिक रुपमा प्रेस ब्रिफिङ गर्ने गरेका छन् । उनले आफ्नो पछिल्लो ब्रिफिङमा बेलायती प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
यसका साथै ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप निर्माणमा दिनरात खटिरहेका वैज्ञानिक, कम्पनी र अनुसन्धातालाई धन्यवादसमेत दिएका छन् ।
साथै, ब्रिटेनले अमेरिकासँग २ सय वटा भेन्टिलेटरको माग गरेको र माग सम्बोधन गरिने ट्रम्पले जानकारी दिए ।
उनले अफ्रिकी अमेरिकीबारे चिन्तासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अफ्रिकी–अमेरिकीको मृत्यु दर अन्य जातीय समूहको तुलनामा अत्यधिक छ । यो एउटा निकै ठूलो चुनौती हो । यो असाध्यै भयानक पनि छ । ’ उनले अफ्रिकी अमेरिकी नागरिकलाई सम्बोधन गर्दै उनीहरुलाई पूर्ण सहयोगको आश्वासन पनि दिए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यो संगठनले सबैभन्दा धेरै पैसा अमेरिकाबाट लिन्छ तर उसले चीनलाई केन्द्रमा राख्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण