सलमान समक्ष पुग्यो १६ हजार दैनिका ज्यालादारी मजदुरको विवरण, पैसा पठाउन सुरु
सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन गर्ने बताएका थिए ।
भारतीय मिडियाका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज (एफडब्ल्यूआइसीई) ले १९ हजार श्रमिकको खाता विवरण प्राप्त गर्यो । तीमध्ये केही श्रमिकले स्वेच्छाले आफ्नो आर्थिक स्थिती महामारीसँग जुध्नका लागि स्थिर भएको बताउँदै एफडब्ल्यूआईसीईसँग पैसाको आवश्यकता पर्नेहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।
एफडब्ल्यूआइसीईका महासचिव अशोक दुबेले सदस्य कर्मचारीको यो कदमको तारिफ गर्दै र यसबारे पुष्टि गर्दै भने, ‘सलमान खानले २५ हजार कर्मचारीको विवरण माग गरेका थिए । हामीले १९ हजार सदस्य कार्यकर्ताको विवरण प्राप्त गर्यौं । जसमध्ये ३ हजार कामदारले पहिले नै यशराज फिल्म्सबाट ५ हजार भारु पाइसकेका थिए । त्यसकारण हामीले बाँकी भएका १६ हजार श्रमिकको विवरण सलमान खानलाई पठाएका छौं र उनले पैसा पठाउन सुरु गरिसकेका छन् । चाँडै नै सबैले पैसा पाउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण