सलमान समक्ष पुग्यो १६ हजार दैनिका ज्यालादारी मजदुरको विवरण, पैसा पठाउन सुरु
सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन गर्ने बताएका थिए ।
भारतीय मिडियाका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज (एफडब्ल्यूआइसीई) ले १९ हजार श्रमिकको खाता विवरण प्राप्त गर्यो । तीमध्ये केही श्रमिकले स्वेच्छाले आफ्नो आर्थिक स्थिती महामारीसँग जुध्नका लागि स्थिर भएको बताउँदै एफडब्ल्यूआईसीईसँग पैसाको आवश्यकता पर्नेहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।
एफडब्ल्यूआइसीईका महासचिव अशोक दुबेले सदस्य कर्मचारीको यो कदमको तारिफ गर्दै र यसबारे पुष्टि गर्दै भने, ‘सलमान खानले २५ हजार कर्मचारीको विवरण माग गरेका थिए । हामीले १९ हजार सदस्य कार्यकर्ताको विवरण प्राप्त गर्यौं । जसमध्ये ३ हजार कामदारले पहिले नै यशराज फिल्म्सबाट ५ हजार भारु पाइसकेका थिए । त्यसकारण हामीले बाँकी भएका १६ हजार श्रमिकको विवरण सलमान खानलाई पठाएका छौं र उनले पैसा पठाउन सुरु गरिसकेका छन् । चाँडै नै सबैले पैसा पाउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
-
कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकताः नेता केसी
-
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई