कट्रिनाले भनिन्, ‘रणबीरसँग भविष्यमा अब कहिले पनि काम गर्दिनँ’
रणबीर कपुर र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘जग्गा जासूस’ अर्को महिना रिलिज हुनेछ । दुबै यो फिल्ममा ब्रेकअपपछि पनि काम गरिरहेका छन् । यद्यपी, कट्रिनाले यो फिल्मपछि अब रणबीरसँग भविष्यमा कहिले पनि काम नगर्ने स्पष्ट पारेकी छिन् । एक चर्चित पत्रिकाको रिपोर्ट अनुसार कट्रिनाले फिल्मको प्रोमोशनल इभेन्टमा उनका लागि रणबीरसँग काम गर्न निकै कठिन छ ।
कट्रिनालाई उनी भविष्यमा रणबीरसँग काम गर्ने सम्भावना कत्तिको छ भन्ने प्रश्न सोध्दा उनले भनिन्, ‘यो निकै कठिन छ ।’
दुबैसँग नजिक रहेका निर्देशकले भने, ‘हुन त कट्रिना र रणबीरसँग भविष्यमा एक–अर्कासँग काम गर्नका लागि न त कुनै डेट्स छ न नै टाइम ।’
कट्रिना ‘टाइगर जिन्दा हे’ र ‘ठग्स अफ हिन्दोस्तां’ मा काम गरिरहेकी छिन् भने रणबीर संजय दत्तको बायोपिक र अयान मुखर्जीको ‘ड्र्यागन’ मा व्यस्त छन् ।
७ वर्ष सम्बन्धमा रहे कट्रिना–रणबीरः
स्मरण रहोस्, सन् २०१६ जनवरीमा रणबीर–कट्रिनाको ब्रेकअपको खबर सार्वजनिक भएको थियो । योभन्दा पहिले उनीहरु ७ वर्षसम्म सम्बन्धमा रहे । यतिमात्र होइन, ब्रेकअपको ६ महिना अघिमात्र उनीहरु लिभ–इनमा बस्न सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण