शल्यक्रिया गर्न १०१ वर्षीय वृद्ध अस्पताल पुगेः भेट्यो कोरोनाले, निको भएर अस्पतालबाट डिस्चार्ज हुँदा देखाए ‘थम्ब्स अप’
कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिक प्रभावित भएका छन्, यो कुरा केही हदसम्म स्पष्ट भइसकेको छ । तर १०१ वर्षका कीथ वाटसन कोरोना भाइरसलाई हराउन सफल रहे ।
बेलायतको वोरसेस्टरशायरमा बस्ने कीथलाई शल्यक्रियाका लागि अस्पतामा भर्ना गरिएको थियो तर त्यहाँ उनलाई उच्च ज्वरो आयो । कोरोनाको परीक्षण गर्दा पेजेटिभ आयो ।
उनकी बुहारी जो वाटसन भन्छिन्, ‘उनी यो उमेरमा पनि कमालका छन् ।’
कीथ निको भएपछि जब उनलाई डिस्चर्ज गरियो तब उनीसँग अस्पतालका डाक्टर नर्सले फोटो खिचाए । उक्त तस्बिर अस्पतालले आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको छ ।
उक्त तस्बिरमा आठ सय बढी कमेन्ट आइसकेको छन् । यो ६ हजार बढी पटक सेयर भइसकेको छ ।
बीबीसीसँगको कुराकानीमा जो वाटसनले कीथ निको भइरहेको र उनले बुधबार अस्पतालबाट छुट्टी पाएको जानकारी दिइन् ।
उनी भन्छिन्, ‘शल्यक्रियाका लागि अस्पताल जानु एउटा भिन्न कुरा हो । तर जब उहाँमा कोरोना भाइरस देखियो भन्ने थाहा भयो तब हामीलाई असाध्यै डर लागेको थियो । हाम्रो मनमा विभिन्न नकारात्मक विचार आउन थालेको थियो । तर आफ्नो उमेरको हिसाबले उहाँको स्वास्थ्यस्थिती निकै राम्रो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण