माइक्रोबायोलोजिस्टहरुलाई सरकारले संकटमा पनि निषेध गर्यो
काठमाडौं । माइक्रोबाइलोजी संघर्ष समितिका अध्यक्ष संजिव धितालले नेपालमा पनि कोरोना भाईरसको सङ्क्रमण दोश्रो चरणमा प्रवेश गरेसँगै सबै थप चनाखो बन्नुपर्ने बताएका छन् । प्रयोगशालामा नमूना परीक्षण देखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम, नियन्त्रण र अनुसन्धान गर्न माइक्रोबायोलोजिस्टको भूमिका नेतृत्वदायी मानिन्छ उनको भनाइ छ ।
अध्यक्ष धिताले शनिबार एक विज्ञप्ति जारी गरी विपदको बेलामा माइक्रोबायोलोजिस्टहरुलाई विश्वव्यापी मान्यता विपरित पूर्ण रुपमा निषेध गर्ने कार्य सरकारले गरेको आरोप लगाए ।
‘संसारका विभिन्न विश्वविद्यालयहरूमा, डायग्नोस्टिक सेन्टर, रिसर्च सेन्टरमा काम लाग्ने तर आफ्नै देशमा दक्ष जनशक्ति उपयोग हुन नसक्नु दुरभाग्यपूर्ण छ । त्रिवि केन्द्रिय माइक्रोवायोलोजी विभाग तथा संम्बन्धन प्राप्त विभिन्न क्याम्पसहरुबाट स्नाकोत्तर तथा स्नातक उत्तीर्ण एवंम अध्ययनरत माइक्रोवायोलोजीका बिद्यार्थीहरुले विगत १० बर्ष देखि माइक्रोवायोलोजी संघर्ष समिति गठन गरि, समितिका तर्फबाट विविध मागहरु राखी निरन्तर आन्दोलनरत रहेको जानकारी गराउँदछौ । संघर्षरत माइक्रोबायोलोजिस्टहरुको कानुन संम्मत मागहरुलाई निरन्तर बेवास्ता गर्ने स्वाथ्य मन्त्रालय तथा नेपाल स्वास्थ्य व्यवसायी परिषदको कार्यशैली प्रति घोर भत्र्सना गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।
‘देश संकटमा परेको बेलामा उक्त संकट संग जुध्ने मुख्य संस्था स्वाथ्य मन्त्रालय जसको नेतृत्व डा. गुणराज लोहनीले गरिराख्नु भएको छ, जसको सदस्यको रुपमा त्रि.वि. केन्द्रिय माइक्रोवायोलोजी विभागका प्रमुख सह–प्रा. डा. मेघराज बन्जारालाई राखिएता पनि, यसरी विषयगत पूर्वाग्रहमा लिप्त हुनु निकै दुखद बिषय हो ,’ विज्ञप्तिमा उल्लेख छ ।
यसरी माइक्रोबायोलोजिस्टलाई लाईसेन्स विहिन बनाई स्वास्थ्य सेवामा सहभागी हुनबाट वन्चित गराउनु दुखद विषय भएको धितालको भनाइ छ ।
आफूहरुले कोरोना महामारीको यो बेलामा सरकार सहयोग गर्न चाहेको उनले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति वा संस्थाको पूर्वाग्रहले गर्दा सम्पूर्ण राष्ट्रले संकटको घडीमा ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ त्यसैले यथाशिघ्र अस्थाई लाइसेन्स जारी गरि बिषयगत ज्ञान भएका माइक्रोबायोलोजिस्ट(स्वास्थ्य वैज्ञानिक)हरु कोभिड–१९ को निदान, रोकथाम, नियन्त्रण र अनुसन्धानमा सामेल गराउन हुन अनुरोध गर्दछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
-
सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
-
छानबिन आयोगको वैधानिकताबारे प्रश्न उठाउँदै दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण