शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न

शुक्रबार, २६ असार २०८३, ११ : ५७
शुक्रबार, २६ असार २०८३

सारांश

  • इरानका दिवंगत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई शुक्रबार बिहान स्थानीय समयअनुसार मशहदस्थित इमाम रेजा पवित्र तीर्थस्थलमा अन्त्येष्टि गरिएको छ ।
  • खामेनीको जन्मस्थान रहेको मशहदमा रहेको इमाम रेजा दरगाह परिसरमा पारिवारिक उपस्थितिमा निजी रूपमा अन्त्येष्टि सम्पन्न गरिएको हो ।
  • यसअघि खामेनेईको सम्मानमा धेरै दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो, जहाँ हजारौँ शोकाकुल नागरिक सहभागी भएका थिए ।

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई शुक्रबार बिहान स्थानीय समयअनुसार मशहदस्थित इमाम रेजा पवित्र तीर्थस्थलमा अन्त्येष्टि गरिएको छ । 

खामेनीको आधिकारिक एक्स खातामा प्रकाशित वक्तव्यअनुसार उनको जन्मस्थान रहेको मशहदमा रहेको इमाम रेजा दरगाह परिसरमा पारिवारिक उपस्थितिमा निजी रूपमा अन्त्येष्टि सम्पन्न गरिएको हो ।

यसअघि खामेनेईको सम्मानमा धेरै दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो, जहाँ हजारौँ शोकाकुल नागरिक सहभागी भएका थिए । 

यसैबिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी भने अन्त्येष्टिसम्बन्धी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनले हालसम्म सार्वजनिक रूपमा कुनै सम्बोधन वा उपस्थितिसमेत जनाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप