शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको भाषणमा न गरिबका लागि न त मध्यमवर्गका लागि केही छः कांग्रेस

मङ्गलबार, ०२ वैशाख २०७७, १२ : १९
मङ्गलबार, ०२ वैशाख २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा गरेको सम्बोधनको कांग्रेस पार्टीले आलोचना गरेको छ ।

कांग्रेसका प्रवक्ता अभिषेक मनुसिंघवीले प्रधानमन्त्रीको भाषणमा बयानबाजीबाहेक केही पनि नभएको बताएका छन् । उनले मोदीको आलोचना गर्दै भने, ‘मोदीले न त गरिबका लागि न मध्यम वर्गका लागि  केही आर्थिक प्याकेजको घोषणा गरे ।’

सिंघवीले मोदीमाथि कटाक्ष गर्दै भने, ‘मोदीको भाषणमा कुनै दिशानिर्देश छैन यो डेनमार्कको राजकुमार बिनाको ह्यामलेटजस्तो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप