करेलाका बेफाइदा
एजेन्सी : तितो स्वाद हुने तरकारीमध्ये करेलाका स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक मानिन्छ । मधुमेहको खतरादेखि लिएर विभिन्न प्रकारका समस्याहरुमा यसको सेवन गर्ने गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा बेफाइदा पनि पुग्छ । अत्यधिक करेला सेवनले ‘साइड इफेक्ट’ गराउँछ ,
करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया (Momordica charantia) नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ । गर्भावस्थाको समयमा अत्यधिक करेला सेवनले गर्भपतन हुने खतरा हुन्छ ।
प्रायः मधुमेहका बिरामीले रगतमा चिनिको मात्रा सन्तुलन गर्न करेला खाने गर्छन् । यस्ता बिरामीहरुले करेलाको जुस सेवन गर्दा मात्रा मिलाएर पिउने गर्नुपर्छ । अत्यधिक करेलाको जुस सेवन गर्दा कलेजो र मिर्गौलामा असर पर्छ । अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।
यसैगरी, अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने , पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण