प्रिमियर लिगको अन्योलता कायमै
एजेन्सी : इङ्लिस प्रिमियर लिग फुटबको सञ्चालन थप अन्योलमा परेको छ । कोरोना भाईरसका कारण मार्च दोस्रो सातादेखि स्थगित भएको प्रिमियर लिगको सिजन अन्त्य गर्न क्लबहरु सहमत भएपनि लिगको मिति तोक्न भने सकेका छैनन् ।
प्रिमियर लिग क्लबबीच सुक्रबार भएको भिडियो कन्फ्रेन्स बैठकमा क्लबहरुले कोरोनाको संक्रमण सामान्य अवस्थामा नफर्किएसम्म लिग सुचारु नगर्ने सहमति गरेका छन् । क्लबहरुले सरकारको नियम पालना गर्नुको विकल्प नभएको पनि उल्लेख गरेका छन् ।
यसअघि प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको थियो । विश्व फुटबल महासंघ (फिफा) ले समेत कोरोनाको संक्रमण सामान्य नभएसम्म फुटबल खेलाउन हतार नगर्न निर्देशन दिएको छ । फिफाले खेलाडीको ट्रान्सफर विन्डोको समयमा समेत परिवर्तन गर्न लागेको छ । त्यसैले क्लबहरुले चाहेर पनि लिग सुचारु गर्न सक्ने अवस्था छैन ।
हाल प्रिमियर लिगको शीर्ष थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अगाडी छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । एक खेल कम खेलेको सिटीको ५७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण