रोधी संस्कृतिबारे लुकेको सत्य
रोधी भन्ने वित्तिकै हाम्रो दिमागमा के घुम्छ भने दोहोरी गाउने सोल्टीनीहरु जिस्काउने भन्ने कुरा आइहाल्छ । अझै शहरका दोहोरी साँझको नाम पनि रोधीघर भन्ने राख्ने गरिएको छ । तर रोधी संस्कृतिबारेको सत्य त्यति हलुका छैन ।
सत्य के हो भने रोधी हाँसखेलको ठाउँमात्र होइन गुरुङ समूदायको पाठशाला पनि हो । रोधीको बारेमा मादी गाउँपालिका प्रमुख श्याम गुरुङ्ग भन्छन्, ‘रोधीको बारेमा नबुझेको मान्छेले लेख्दा रोधी संस्कृति नै बद्नाम भएको छ । नजानेको कुरा कि सोधेर लेखे हुनेको हो । नभए नलेखे पनि हुने हो । रोधीको बारेमा थुप्रै भ्रमहरु पैदा भएको छ । रोधी रमाइलो मात्र होइन बरु हाम्रो कम्युन पनि हो । उवेलामा बालबच्चाहरु धेरै हुन्थ्यो । घरको बनावट त्यही प्रकारको हुन्थ्यो । सवै घरमा अटाउन सक्ने अवस्था हुन्थेन । रोधी घरमा १२ वर्ष देखि २० वर्ष सम्मका युवा युवतीहरुलाई राख्ने गरिन्थ्यो । ’
बाहिर हल्ला भएकोजस्तो छाडापन रोधीमा नहुने उनले जिकिर गरे । ‘छाडा त अहिले भएको छ । रोधीमा त रोधी घरकी आमा बाको निगरानी अत्याधिक हुन्थ्यो । कोही केटाकेटीको निकटता बढेको देखेमा रोधीघरका बाआमाले उनीहरु विबाह गराइदिन्थे । विवाह गरेपछि रोधी घरमा बस्न पाइँदैन थियो । उमेर समूह अनुसारको रोधी घरहरु हुन्थे । त्यहाँ एउटै टोलको युवायुवतीलाई भन्दा पनि फरक फरक टोलका युवायुवतीहरुलाई राख्ने गरिन्थ्यो’ गुरुङ भन्छन् ।
रोधीघर मनोरञ्जन केन्द्रमात्र नभएर व्यवहारिक सिकाइको पाठशाला पनि हो । रोधी घरमा जाँँदा सबैले रोधी घरको आमाबालाई केही न केही कोशेली लिएर जानपथ्र्यो । रोधी घरमा बस्दा पनि युवायुवतीहरु धागो तान्ने, कपडा बुन्ने, डोको बुन्ने, हसियाँ कोदालीको बिँड बनाउने लगायतका कामहरु गरिरहेका हुन्थे । कामकै बीचमा रोधीमा सांगीतिक कार्यक्रम पनि हुने गथ्र्यो । त्यसले काम गर्नको लागि युवायुवतीलाई उत्साह पैदा गर्ने गथ्र्यो ।
जतिवेला तमुहरुमा रोधी संस्कार ब्याप्त थियो त्यतिबेला विद्यालयहरु खुलेका थिएनन् । युवायुवतीहरुले रोधीघरबाट नै संस्कार र संस्कृति सिकेका थिए । रोधी घरमा बसेका युवायुवतीहरुको बीचमा कामको प्रतिस्पर्धा हुन्थ्यो । रोधीघरमा एउटा संस्कृति थियो । जहाँ युवतीहरुले युवाहरुको स्याखु लुकाउँछन् । स्याखु लुकाएका युवाहरुले मात्र काम गर्न पाउँछन् । त्यसकारण पनि युवा युवतीहरुमा काम गर्ने प्रतिस्पर्धा हुन्थ्यो ।
गुरुङहरुले रोधीघरलाई जीवनचक्रको रुपमा पनि बुझ्ने गर्छन् । रोधीघरमा काम मात्र होइन बरु संस्कार संस्कृति पनि सिकाइन्छ । रोधी घरमा हरेक दिन एक विषयमा छलफल हुन्थ्यो, त्यसपछि मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हुन्थ्यो । अहिले विश्वले व्याख्या गर्दै आएको आठ घण्टा काम,आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नियम रोधी घरमा पहिले नै लागु भएको श्याम गुरुङले दावा गरे ।
गुरुङका अनुसार रोधी घरले युवायुवतीलाई सामाजिक र पारिवारिक उत्तरदायित्त्व बहन गर्न सिकाएको हुन्थ्यो । ‘रोधीघरले सामाजिक उत्तरदायित्व बहन गर्न सिकाएको थियो । त्यही उत्तरदायित्त्वका कारण त्यो बेला बृद्धाआश्रमहरु खोल्नुपर्ने अवस्था थिएन । घरमा बाआमा विरामी हुँदा सबै छोराछोरी जम्मा भएर बाआमाको हेरचाह गर्थे । अहिले बाआमा बिरामी हुँदा पानी दिने मान्छे छैन । अझै बाआमालाई घर निकाला गरेको समाचारहरु सुनिन्छ । त्यो बेला त छोराले कमाएर ल्याएको पैसा गाउँलेलाई साक्षी राखेर अभिभावकलाई बुझाउन पथ्र्यो । ’
रोधीमा घाटु नाँच प्रस्तुत गरिन्थ्यो । श्रीपञ्चमीमा घाटु नाच सुरु गरेर बैशाख पूर्णिमामा घाटु नाँचको अन्त्य गर्ने गरिन्थ्यो । आजको समयमा लोपोन्मुख रहेको घाटको नाँचको बारेमा अर्को बहस जरुरी छ । गुरुङ गाउँहरुमा रोधी संस्कृति अन्त्य भएसँगै गुरुङ समुदायले धेरै कुरा गुमाएको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण