शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हराएको सात महिनापछि कङ्काल फेला

सोमबार, १५ वैशाख २०७७, ११ : ४५
सोमबार, १५ वैशाख २०७७

सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । 

गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल  फेला  परेको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । 

बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए । बालकको घरदेखि आधा घण्टाको  पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । 

प्रहरीसंँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताए ।

बालकको  मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप