डाबर नेपालले ल्यायो बजारमा इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर
शुक्रबार, १९ वैशाख २०७७, १३ : ५२

काठमाडौं- डाबर नेपालले आफ्नो कम्पनीको उद्देश्यले हरेक घरको स्वास्थ्यलाई मध्यनजर गरी ‘डावर इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर’ बजारमा ल्याएको छ ।
८०प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डीडीएका सबै मापदण्ड पुरा गरेको छ ।
प्रारम्भिक चरणमा प्रमुख सुपर मार्केट र इ–कमर्स साइटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाइजरले साबुन पानिको प्रयोग बिनानै हानिकारक किटाणुहरुबाट सुरक्षा दिन्छ।हाल १५० एमएलको स्यानिटाइजरको बजार मूल्य १७५ रुपैयाँ रहेको छ।
कोभिड–१९को विश्वव्यापी महामारीबाट बच्नको लागि हात सफा राख्नु पर्दछ । ह्यान्ड स्यानिटाइजरको प्रयोगले प्राण घातक भाइरसबाट बचाउन सहयोग गर्ने भएकाले यो निकै उपयोगी हुने कम्पनीले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
-
सिम्रौनगढ नगरपालिकाका मेयरमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको आरोप
-
स्रष्टा, साहित्य र समाज
-
पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो
-
लुम्बिनी प्रदेश सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग बजेटबारे सुझाव संकलन
-
लायन्स कप भलिबल: गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा