जापानमा आपतकाल बढाइने सम्भावना, प्रमले नयाँ प्रकारको प्रतिबन्ध र उपायबारे घोषणा गर्दै
जापानको सरकारले देशमा लगाइएको आपतकाललाई मे महिनाको अन्त्यसम्म बढाउने सक्ने सम्भावना छ ।
जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेका अनुसार प्रधानमन्त्री शिन्जो आबेले यसबारे सोमबार घोषणा गर्दैछन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार जापान सरकारले कोरोना भाइरसको रोकथामका लागि नयाँ प्रकारको प्रतिबन्ध र उपायबारे घोषणा गर्दैछन् ।
जापानमा हालसम्म कोभिड–१९ का कारण ५ सय बढीको मृत्यु भइसकेको छ भने करिब १५ हजार यो भाइरसद्वारा संक्रमित छन् ।
एनएचकेका अनुसार प्रधानमन्त्री आबे सोमबार आपतकाल बढाउनुको कारणबारे पनि चर्चा गर्नेछन् ।
जापान सरकारले अप्रिल ७ मा टोकियो र अन्य विभिन्न प्रान्तमा ६ मे सम्म आपतकालको घोषणा गरेको थियो जसलाई संक्रमण फैलिएपछि देशव्यापी बनाइएको थियो ।
यद्यपि, सरकारले अपेक्षाकृत कम जोखिमयुक्त स्थान पुनः खोल्नेबारे पनि घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।
कोरोना महामारीका कारण ठप्प भएको व्यावसायिक गतिविधिका कारण संसारको सबैभन्दा तेस्रो ठूलो अर्थव्यवस्था जापानमा आर्थिक मन्दीको खतरा देखिन थालेको छ ।
गत हप्ता जापानका संसदले १.१ ट्रिलियन डलरको एक रेकर्ड प्रोत्साहन प्याकेजलाई अनुमती दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण