कोरोनाको संक्रमणबाट बेलायतमा अर्का एक जना पूर्व गोर्खाको मृत्यु
लण्डन – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको छ ।
ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा मृत्यु भएको हो ।
अन्य कुनै किसिमको रोग नभएका गुरुङलाई श्वासप्रश्वासको समस्या देखिएपछि अप्रिल २६ का दिन अस्पताल भर्ना गरिएको थियो ।
गुरुङलाई कोरोनाको पुष्टि भएको जानकारी अस्पतालले दिएको थियो । पर्वत जिल्लाको थाना, मौला स्थायी घर भएका स्वर्गीय गुरुङका श्रीमती दुई छोरा र एक छोरी बेलायतमा नै बस्दै आएका छन् ।
सामाजिक सेवामा समेत रुची राख्ने गुरुङ बेलायतका विभिन्न संघसंस्थामा आबद्ध रहँदै आएका थिए ।
गैरआवासीय नेपाली संघ यूकेद्वारा संचालित कोभिड– १९ को राहत कोषको लागि सदस्यको समेत भूमिका निर्वाह गर्दै आएका थिए ।
एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् ।
चारभञ्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने (घोताने÷घोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए ।
बेलायतमा कोरोनाको संक्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् । बेलायतमा मात्र हालसम्म कोरोनाको संक्रमणबाट २८ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण