इरानमा पुनः फर्कियो कोरोनाको कहर
इरानको चिन्ता अचानक बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या १ लाख पार भइसकेको छ ।
इरानमा कोरोनाको कहर पुनः फर्किएको बताइएको छ किनभने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । मध्य पूर्वमा इरानलाई कोरोनाभाइरसको संक्रमणले गाँजेको छ । इरानमा कोरोना भाइरसको दोस्रो चरणको कुरा गरिँदैछ ।
इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहांपोरले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्रमणको मामला बढिरहेको छ । मुलुकमा अनावश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’
इरानले अप्रिल ११ देखि लकडाउनमा विभिन्न प्रकारको छुट दिएको थियो । कम जोखिमयुक्त इलाकामा मस्जिद खोलिएका थिए । पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ र यसका साथै मृतकको संख्या ६ हजार ४ सय १८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण