शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भाडाका अमेरिकी सैनिकद्वारा भेनेजुएलामा गरिएको ‘कू’ को प्रयास विफल

अमेरिकी सेनाका पूर्व सदस्य पक्राउ
शुक्रबार, २६ वैशाख २०७७, ०९ : ३५
शुक्रबार, २६ वैशाख २०७७

भेनेजुएलाको राष्ट्रिय टेलिभिजनमा एक अमेरिकी नागरिकले राष्ट्रपति निकोलास माडुरोलाई सत्ताच्युत गरी अमेरिका ल्याउने षड्यन्त्र रचेको स्वीकार गरेका छन् । यो हप्ता पक्राउ परेका १३ जनामध्ये लुक डेनम्यान एक हुन् । भेनेजुएलाले तिनीहरु भाडाका सैनिकहरु रहेको र उनीहरुको सशस्त्र कारवाहीलाई विफल तुल्याएको दाबी गरेको छ ।

राष्ट्रपति माडुरोले यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि देशमा ‘कू’ गरेर आफूलाई हटाउन खोजेको आरोप लगाउँदै आएका छन् । ट्रम्पले यो हप्ताको सुरुवातमा सो आरोपको खण्डन गरेका थिए । यता, सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले पक्राउ परेका अमेरिकीहरुलाई सुरक्षितरुपमा फर्काउन ‘हरेक अस्त्र’ को प्रयोग गर्ने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजनमा के प्रशारण भएको थियो ?

बुधबार ३४ वर्षीय डिनम्यानले टेलिभिजनमा आफूलाई भेनेजुएलाका जनतालाई हतियारको प्रशिक्षण दिन बोलाइएको र माडुरोलाई देशबाहिर लैजान काराकासमा आएर विमानस्थल कब्जामा लिने जिम्मेवारी पाएको बताएका थिए । ‘म भेनेजुएलाका जनतालाई देशमा पुनः नियन्त्रण कायम गर्न सहयोग गरिरहेको थिएँ,’ अमेरिकी सेनाको विशेष दस्ताको पूर्वसदस्य समेत रहेका डिनम्यानले भनेका थिए । फ्लोरिडाको सिल्भर कर्प नामक कम्पनीका सञ्चालक तथा पूर्व अमेरिकी सैनिक जोर्डन गोड्रेउले डिनम्यान र ४१ वर्षीय एरान बेरीलाई उक्त अपरेशनका लागि सम्पर्क गरेका थिए । भेनाजुएलाले गोड्रेउको सुपुर्दगीका लागि पहल गर्ने पनि बताएको छ ।

माडुरोका अनुसार सिल्भर कर्पले विपक्षी नेता हुवान गुवाइडोसँग करार गरेको थियो । गुवाइडोलाई अमेरिकाले भेनेजुएलाको ‘वैद्य’ नेता मान्दछ । ‘डोनाल्ड ट्रम्प यो आक्रमणको मुख्य योजनाकार हुन्,’ भिडियो प्रशारण भएपछि आयोजित पत्रकार सम्मेलनमा माडुरोले भने । उनले अमेरिकीहरुको निष्पक्ष सुनुवाई हुने पनि आश्वासन दिए । उनले पक्राउ परेकाहरुको अवस्थाबारे थप जानकारी भने दिएनन् ।

को हुन् पक्राउ परेका अमेरिकी नागरिक ?

डिनम्यान र बेरीको बारेमा धेरै कुरा खुलिसकेको छैन । भेनेजुएलाको सैनिकको हाईकमान्डले उनीहरुले अमेरिकी सेनाको पूर्वसदस्य रहेको बताएको छ । अमेरिकी मिडियाले पनि उनीहरु अमेरिकी सेनाकै पूर्वसदस्य रहेको संकेत गरेको छ । तर, यसको पुष्टि भइसकेको छैन ।

काराकासका अनुसार विफल पारिएको कू को प्रयासमा ८ जना सशस्त्र सदस्यहरु मारिएका छन् भन ११ जनालाई पक्राउ गरिएको छ ।

यता, गुवाइडोले भने ती अमेरिकी नागरिकसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् जबकि गोड्रेउले उनको गुवाइडोसँग सम्बन्ध रहेको बताइसकेका छन् । महामारीबाट ध्यान भड्काउनका लागि यो कुरा बाहिर ल्याइएको गुवाइडोले आरोप लगाएका छन् ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप