सहयोग लिएर रक्षा नेपाल पुगिन् अभिनेत्री नम्रता
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’लाई सहयोग गरेकी छन् । उनले रक्षा नेपालमा रहेका किशोरीहरुको लागि खाध्यसामग्री र हरियो तरकारी सहयोग गरेकी हुन् ।
‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनले ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने खाध्य सामाग्री र तरकाी दिएकी हुन् ।
‘रक्षा नेपाल’मा सहयोग गर्न आएकी नम्रतालाई देखेपछि त्यहाँका किशोरीहरु खुसी देखिएका थिए । उनीहरुले नम्रतासँग सेल्फि खिचाउनुका साथै अटोग्राफसमेत लिएका थिए ।
‘रक्षा नेपाल’ मानव अधिकारवादी संस्था हो । संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ । संस्थामा ७० जना किशोरी र बालबालिका रहेका छन् ।
नम्रताले सहयोग गरेको अभियान ‘हाम्रो सानो प्रयास’मा कलाकार विजय लामा, फिल्म निर्देशक मिन भाम, अभिनेत्री नम्रता श्रेष्ठ, पुकार बम, दीपकराज सापकोटा लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण