इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
मध्यपूर्व युद्धका कारण तेल निर्यात घटेको तेल उत्पादनलाई युद्धपूर्वको स्तरमा फर्काउन दुई महिना लाग्ने इराकी अधिकारीहरूले बताएका छन् ।
यो युद्ध र इरानले हर्मुज जलडमरूमा लगाएको नाकाबन्दीले निर्यात अवरुद्ध भएपछि इराकसहित प्रमुख तेल उत्पादक देशहरूले उत्पादन कटौती गर्नुपरेको थियो, जसले विश्व ऊर्जा बजारलाई ठूलो धक्का दिएको छ ।
तर यो हप्ता वाशिङ्गटन र तेहरानबीच युद्ध समाप्त गर्ने सहमति भएपछि केही राहत मिलेको छ, यद्यपि थप वार्ताहरू अझै अड्किएका छन् । इराकको इन्धन मन्त्रालयका प्रवक्ता सलीम फरहुदले राज्य सञ्चालित इराक न्यूज एजेन्सी (आइएनए) लाई शुक्रबार बताए, 'हामी एकदेखि दुई महिनाभित्र पुरानो उत्पादन स्तरमा फर्किन सक्छौं ।'
'उत्पादन क्षमता घटाएका क्षेत्रहरूले अहिले क्षमता बढाउन थालेका छन्,' उनले भने । युद्ध सुरु हुनुअघि फेब्रुअरीको अन्त्यतिर इराकले दैनिक करिब ३५ लाख ब्यारेल तेल निर्यात गर्दथ्यो, जसमध्ये ठूलो हिस्सा हर्मुज जलडमरूमार्फत हुन्थ्यो ।
युद्धका कारण इराकले अधिकांश तेल क्षेत्रमा उत्पादन रोक्नुपरेको थियो र टर्कीए तथा सिरियामार्फत् सीमित निर्यात मात्र गर्न सकिरहेको थियो । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षरसँगै स्थायी शान्तिका लागि प्रारम्भिक सहमति भएपछि यो महत्त्वपूर्ण जलडमरू यो हप्तादेखि पुनः खुल्न थालेको छ ।
इराकका तेलमन्त्री बासेम खोदैरले शुक्रबार आइएनएसँग भन्नुभयो 'हर्मुज जलडमरूमार्फत् सहज प्रवाह भएपछि निर्यात क्रमशः बढ्नेछ ।' अधिकारीहरूका अनुसार युद्धअघि औसत नौ करोड ३० लाख ब्यारेल निर्यात हुनेमा अप्रिल महिनामा हर्मुज मार्गबाट मात्र एक करोड ब्यारेल निर्यात भएको थियो ।
इराक तेल निर्यातमा निकै निर्भर छ, जसले देशको कुल राजस्वको करिब ९० प्रतिशत हिस्सा ओगट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण