सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाइका ‘अदृश्य नायक’ लाई सम्मान गरिएको छ ।
रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवं पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा आज आयोजित कार्यक्रममा बुढानिकण्ठ क्षेत्रमा कार्यरत ३० सफाइकर्मीलाई सम्मान गरिएको हो । विश्व वातावरण दिवस–२०२६ को अवसर पारेर ‘सफाइकर्मीलाई सम्मान, सबैको मान’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा पूर्वराजदूत बलबहादुर कुँवरले सामाजिक उपेक्षा र अदृश्यताको सामना गरिरहेका सफाइकर्मीलाई राज्यले सम्मान गर्नुपर्ने बताए। समाज, वातावरण र जनस्वास्थ्यलाई दैनिक रूपमा स्वच्छ र सुरक्षित राख्न सफाइकर्मीको योगदान महत्त्वपूर्ण रहेको उनले बताए ।
बुढानिलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष आकाश धितालले स्थानीय सङ्घ संस्थासँग मिलेर बुढानिलकण्ठ नगरपालिकाले फोहर व्यवस्थापन गरिरहेको उल्लेख गरे । उनले बुढानिलकण्ठलाई सुन्दर बनाउन ईसीआई नेपालले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे ।
वातावरणविद् डा जयकुमार गुरुङले स्वच्छ वातावरण निर्माणमा सफाइकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । घर–टोलबाट उत्पादित फोहरमैला केही दिन मात्र सङ्कलन नहुँदा जनजीवन अस्तव्यस्त बन्ने र त्यही फोहर व्यवस्थापन गर्ने श्रमिकलाई भने समाजले अझै तल्लो दृष्टिले हेर्ने गरेको पाइन्छ ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारी, इसिआई नेपालका अध्यक्ष सवीन वाग्ले, रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठकी अध्यक्ष सुजना गुरुङलगायतले पर्याप्त सुरक्षा सामग्री र तालिमको अभावमा जोखिमपूर्ण ढङ्गले काम गर्नुपर्ने बाध्यताबिच सफाइकर्मीले समाजलाई स्वस्थ राखिरहेको भन्दै उनीहरुको कामको उच्च प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण