किम जोङ उनले चिनियाँ राष्ट्रपति शी जिनपिङको तारिफ गर्दै यसो भने
उत्तर कोरियाका शासक किम जोङ उनले कोरोना महामारीसँग सफलतापूर्वक लडेको भन्दै चीनका राष्ट्रपति शी जिनपिङको तारिफ गरेका छन् । उत्तर कोरियाको सरकारी मिडियाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई निजी सन्देश पठाएको जानकारी दिएको छ ।
यसअघि दक्षिण कोरियाको गुप्तचर एजेन्सीले कोरोनाभाइरसको महामारीका कारण उत्तर कोरियाको अर्थव्यवस्थालाई नराम्ररी क्षती पुर्याएको बताएको छ ।
चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी हो र आर्थिक साझेदारी पनि छ । उत्तर कारियाको ९० प्रतिशत व्यापार चीनसँग सम्बन्धित छ । विश्लेषकका अनुसार चीनमा कोरोनाभाइरसको प्रभाव कम भइरहेको छ । यस्तोमा उत्तर कोरिया चीनसँगको आफ्नो सीमा खोल्न सक्ने सम्भावना पनि छ । उत्तर कोरियाले कोरोना महामारीको सुरुवाती चरणमा नै चीनसँगको सीमा बन्द गरेको थियो ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किमले शी जिनपिङलाई पठाएको मेसेजमा उनले भयावह महामारीविरुद्धको युद्धमा जीत हासिल गरेकोमा बधाई दिएका छन् । यद्यपि, मेसेज कहिले पठाइएको थियो भन्ने स्पष्ट जानकारी भने छैन ।
स्रोतः deccanchronicle.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जा लगानीमा बैंकहरू आक्रामक : चैतमा मात्र ५० अर्ब ५५ करोड प्रवाह
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित