किम जोङ उनले चिनियाँ राष्ट्रपति शी जिनपिङको तारिफ गर्दै यसो भने
उत्तर कोरियाका शासक किम जोङ उनले कोरोना महामारीसँग सफलतापूर्वक लडेको भन्दै चीनका राष्ट्रपति शी जिनपिङको तारिफ गरेका छन् । उत्तर कोरियाको सरकारी मिडियाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई निजी सन्देश पठाएको जानकारी दिएको छ ।
यसअघि दक्षिण कोरियाको गुप्तचर एजेन्सीले कोरोनाभाइरसको महामारीका कारण उत्तर कोरियाको अर्थव्यवस्थालाई नराम्ररी क्षती पुर्याएको बताएको छ ।
चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी हो र आर्थिक साझेदारी पनि छ । उत्तर कारियाको ९० प्रतिशत व्यापार चीनसँग सम्बन्धित छ । विश्लेषकका अनुसार चीनमा कोरोनाभाइरसको प्रभाव कम भइरहेको छ । यस्तोमा उत्तर कोरिया चीनसँगको आफ्नो सीमा खोल्न सक्ने सम्भावना पनि छ । उत्तर कोरियाले कोरोना महामारीको सुरुवाती चरणमा नै चीनसँगको सीमा बन्द गरेको थियो ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किमले शी जिनपिङलाई पठाएको मेसेजमा उनले भयावह महामारीविरुद्धको युद्धमा जीत हासिल गरेकोमा बधाई दिएका छन् । यद्यपि, मेसेज कहिले पठाइएको थियो भन्ने स्पष्ट जानकारी भने छैन ।
स्रोतः deccanchronicle.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण