बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

इरफानको यादले दीपिकालाई सतायो

शनिबार, २७ वैशाख २०७७, १३ : २४
शनिबार, २७ वैशाख २०७७

अभिनेत्री दीपिका पादुकोणलाई स्वर्गीय अभिनेता इरफान खानको यादले सताएको छ । 

उनले भर्खरै एक भिडियो शेयर गर्दै इरफानको सम्झनामा भावुक अपिल गरेकी छिन् । यो भिडियो २०१५ मा रिलिज भएको फिल्म ‘पिकु’ को सेटको हो, जहाँ दुबैले लन टेनिस खेलिरहेका छन् ।
क्याप्सनमा दीपिकाले लेखेकी छिन् – कृपया फर्किएर आउ इरफान खान । 

समाचारअनुसार दीपिका र इरफानले स्क्रिय शेयर गरेको यो एकमात्रै फिल्म हो । शुक्रबार यो फिल्म रिलिज भएको ५ वर्ष पुरा भएको छ । यही अवसरमा इरफानलाई दीपिकाले सम्झिएकी हुन् ।

२९ अप्रिलमा दुर्लभ खाले क्यान्सरका कारण इरफान खानको ५३ वर्षको उमेरमा निधन भयो । दुई वर्षदेखि उनी क्यान्सरसँग लडिरहेका थिए । 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

please come back!💔 #irrfankhan

A post shared by Deepika Padukone (@deepikapadukone) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप