ग्लोबल आइएमई बैंकका अधिकांश सूचक अगाडि, नाफा तीन अर्ब १५ करोड
काठमाडौं– ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो तैमाससम्म आईपुग्दा तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
जनतासँग मर्जपछि ग्लोबलको सबै सूचकमा उल्लेख्य सुधार आएको हो । बैंकको निक्षेप संकलन ७६ प्रतिशतले बढेको छ भने कर्जा लगानीमा ७९ प्रतिशतको सुधार भएको छ । चैत मसान्तसम्म बैंकले दुई खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब रुपैया कर्जा बिस्तार भएको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड छ, योसँगै सबैभन्दा धेरै पुँजी भएको बाणिज्य बैंक बन्न सफल भएको छ । यो अवधिमा चुक्ता पुँजी ८४ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने पुँजी कोष अनुपात ११.२ प्रतिशत पुगेको छ ।
ज्नता बैंकसँग मर्ज भएपछि भने बैंकको खराव कर्जा बढेको छ । हाल बैंकको खराब कर्जा ०.३८ प्रतिशत बिन्दुले बढेर १.१४ प्रतिशत पुगेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी दुई रुपैयाँले घटेर २२ रुपैयाँमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण