धुलिखेल अस्पताल : शिशुसहित चार जना आइसोलेसनमा, डाक्टरसहित १० जना क्वारेन्टाइनमा
काठमाडौँ । धुलिखेल अस्पतालले कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुसहित चार जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।
अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले मृत्यु भएकी महिलाको नवजात शिशु, श्रीमान,सासू र अर्का एक सहयोगीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताए । उनले चारैजनाको स्वाब संकलन गरिएको र परीक्षणका क्रममा रहेकाले रिपोर्टबारे यसै भन्न नसकिने बताए ।
धुलिखेल अस्पतालमा एक दिनमा ९८ जनाको भन्दा बढिको कोरोना परीक्षण गर्न नसकिने भएकाले उनीहरुको रिपोर्ट भोलिसम्ममा आइसक्ने बताए ‘चिकित्सक लगायत स्वास्थ्य सामाग्री सिमित भएकाले एक दिनमा ९८ जना भन्दा बढिको परीक्षण गर्न सम्भव छैन । त्यसकारण आज या भोलिमात्रै हिजो संकलन भएको स्वाबको नतिजा आउछ,,’ डा. ताम्राकारले रातोपाटीलाई बताए ।
त्यस्तै अस्पतालका चिकित्सक सहित १० जनालाई अस्पतालको क्वारेन्टाइनमा राखिएको पनि अस्पतालले जनाएको छ ।
मृत्यु भएकी महिला गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी र २४ गते सुत्केरी भएकी थिइन् । अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि उनलाई सिन्धुपाल्चोकको राम्चे लगिएको थियो ।
ति महिलालाई जेठ १ गते ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएपछि स्थानीय बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । त्यसपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि सोही दिन धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण