न्यूयोर्कबाट प्रबल गुरुङको सन्देशः ‘प्रेम र सद्भावको कथाहरु सुनौं र सुनाऔं’
काठमाडौं–विश्व चर्चित फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकाको न्यूयोर्क शहरबाट भिडियो सन्देशमार्फत नेपाली परिवारलाई प्रेम र सद्भाव पठाएका छन् । होमोफोबिया, बिफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुङले उक्त सन्देश पठाएका हुन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजीवीटीआईक्यू)ले होमोफोबिया, बिफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा ‘मे १७’ लाई मनाउँदै आइरहेका छन् । सोही अवसर पारेर काउन्टर कल्चर नेपालकाका लागि जारी भिडियो सन्देशमार्फत गुरुङले आफ्ना समुदायका सवैले समाजमा शिर ठाडो पारेर जिउन पाउनुपर्ने तर समाजले लुकी लुकी टाउको निहुराएर हिड्न बाध्य पारिदिएको बताएका छन् ।
उनले अब यो अवस्थाबाट बाहिर आउन आफ्ना कथाहरुलाई सुन्ने र सुनाउने दिन आएको बताएका छन् । उनले अब यो अवस्थाबाट बाहिर आउन आफ्ना कथाहरुलाई सुन्ने र सुनाउने दिन आएको बताएका छन् ।
उनले भनेका छन्, ‘आजको दिनमा प्रेम र सद्भावको कथाहरु सुनौं र सुनाऔं । हाम्रो आवाज र हाम्रा कथाहरु, हामीले बाचेको यथार्थको धेरै महत्व छ । सवैजना राम्रोसँग बस्नुस् तपाईहरुलाई धेरै धेरै माया र सद्भाव छ । अनि काउन्टर कल्चर नेपालका सवै परिवारहरुलाई धेरै धेरै माया र धन्यवाद ।’
प्रबल गुरुङले आफू ‘गे’ अर्थात होमोसेक्सुुअल भएको पहिलेनै सार्वजनिक गरिसकेका छन् । उनले अझै पनि आफ्नो यौनिक पन र लैंगिक पहिचानलाई आफ्नै परिवार अनि समाजबाट लुकाइराख्नुपरेको अवस्था भएको र सँधै डर त्रासको जीवन बाच्न बाध्य हुनुपरेको बताएका छन् ।
उनले अझ यो समुदायका लागि कोभिड–१९को समय अत्यन्त चुनौतिपूर्ण समय भएको पनि बताएका छन् । उनले एक अर्कासँग व्यक्तिगत दुरी कायम गर्नु निकै राम्रो भएको र साथीभाईसँग पनि टाढा रहन सुझाएका छन् । व्यक्तिगत दुरी कायम गर्दा गर्दै पनि सामाजिक सद्भाव अत्यन्तै जरुरी भएको भन्दै गुरुङले यो समय एक अर्काको खयाल राख्न पनी अत्यन्तै जरुरी भएको बताएका छन् ।
आफू गे (होमोसेक्सुअल) भएको र यही कारण फेसनको दुनियाँमा स्थापित हुन सफल भएको बताउने गुरुङले विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा पनि काम गर्दै आइरहेका छन् । गुरुङले डिजाइन गरेका पहिरन पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि ब्रिटेनकी राजकुमारी र हलिउड अनि बलिउडका चर्चित कलाकारहरुले पनि लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण