ऋषि कपुर र इरफान खानबारे आपत्तिजनक ट्वीट गरेर फसे यी नायक, एफआइआर दर्ता
बलिउडका दिवंगत नायक ऋषि कपुर र इरफान खानमाथि आपत्तिजनक ट्वीट गरेको विषयमा नायक तथा निर्माता कमाल आर खानविरुद्ध एफआइआर (फर्स्ट इन्फर्मेशन रिपोर्ट) दर्ता भएको छ । नायकविरुद्ध उपनगरीय क्षेत्र बान्द्रामा बुधबार एफआइआर दर्ता गरिएको छ । कमाल खार खानविरुद्ध यो एफआइआर युवा सेनाको कोर कमिटी सदस्य राहुल कनलले दर्ता गरेका हुन् । वास्तवमा अप्रिल २९ मा ऋषि कपुर अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि कमाल खार खानले एक–एक गरी दिवंगत अभिनेताविरुद्ध ट्वीट गर्न सुरु गरे ।
ऋषि कपुर अस्पताल भर्ना भएको खबरबारे कमालले ट्वीट गर्दै लेखे, ‘ऋषि कपुरलाई अस्पताल भर्ना गरिएको छ । म उनलाई यत्ति मात्र भन्न चाहन्छु कि सर ठिक भएर फिर्ता हुनुहोस् । बाहिर ननिस्कनुहोस् किनभने रक्सी पसल २–३ दिन पछि मात्रै खुल्नेछ ।’
उनको यस्तो ट्वीटपछि सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचना गरेका थिए ।
यसअघि कमालले दिवंगत अभिनेता इरफान खानविरुद्ध पनि अपमानजनक भाषा प्रयोग गर्दै ट्वीट गरेका थिए । इरफान खानकी आमा सईदा बेगमको निधनको खबरबारे उनले ट्वीटमा भनेका थिए, ‘इरफान खानलाई पाप लागेको हो त्यसैले त उनी क्यान्सरसँग जुधिरहेका छन् र उनकी आमाको निधन भएको छ ।’
उनको यो ट्वीट पछि कमाल सोसल मिडिया प्रयोगकर्ताको निशानामा आए तसर्थ उनले पछि आफ्नो ट्वीट डिलिट गरिदिए ।
यद्यपि, उनका भद्दा ट्वीटको सिलसिला यत्तिमा मात्रै सिमित भए । उनले अन्य थुप्रै आपत्तिजनक ट्वीट गरे जसका कारण सोसल मिडिया प्रयोगकर्ताले उनको अकाउन्ट सस्पेन्ड गर्ने माग गरकेका थिए ।
स्रोतः न्यूज18
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण