गोसाइँकुण्डमा गङ्गादशहरा मेला प्रभावित
रसुवा । कोभिड–१९ का कारण तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा पर्वको मेला प्रभावित भएको छ । दशहरा पर्व अन्तर्गत प्रत्येक वर्ष १० दिन लाग्ने धार्मिक मेला यसवर्ष शनिबारदेखि शुरू भए तापनि बन्दाबन्दीे यातायात बन्द हुँदा पूर्ण रूपमा प्रभावित भएको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिले जनाएको छ ।
गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिन गङ्गा दशहरामा यही जेठ १९ गते गोसाइँकुण्ड मन्दिरमा एक पुजारी पठाई विशेष पूजा गर्ने तयारी भइरहेको समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । बन्दाबन्दीले गोसाइँकुण्डको धार्मिक मार्गमा रहेका होटल तथा लजसमेत बन्द भइसकेको बताइएको छ । वेगवान् गङ्गालाई पृथ्वीमा ल्याउने क्रममा महादेवले जटामा राखेर थामिदिएको पुराणमा वर्णित छ ।
सत्ययुगमा समुद्र मन्थन गर्दा संसार दग्ध गराउने कालकूट विष पिएर उत्पन्न डाह शान्त पार्न महादेव निलाद्री पर्वत पुगेर कुण्डको उत्पत्ति गराई विराजमान भएकाले वर्षेनी भक्तजन स्नान र पूजाआजाका लागि गोसाइँकुण्ड जाने परम्परा रहिआएको छ । गोसाइँकुण्डमा वर्षको दुई पटक गंगादशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्छ ।
समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा भक्तजन पुग्न नसके पनि समितिका तर्फबाट विशेष पूजा गरेर धार्मिक विधि पूरा गरिने अध्यक्ष डिएमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण