कोरोना अपडेट : सुदूरपश्चिममा संक्रमितको संख्या १५
कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडिटी विधिवाट परिक्षण गरिएका ६१ जना पोजेटिभमध्ये ५१ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भने, बाँकी ९ जनाको जाँच भइरहेको जनाइएको छ ।
आजसम्म आरडिटी विधिवाट २०७१७ जनामा परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्येबाट २०६५६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्री ले रातोपाटीलाई जानकारी दिए ।
उनले यो प्रदेशमा कोभिड १९ का संक्रमित १५ जना पुगेको बताए । यस अघि नै पाँच जना निको भई घर गई सकेका छन् भने १० जना बाँकी रहेको उनले बताए ।
संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । हिजो अछाम मेल्लेख गाउँपालिका बस्ने ३२ बर्षिय एक जना पुरुषमा कोभिड १९ पोजिटिभ पुस्टी भएपछि यो प्रदेशमा संक्रमितको संख्या १५ पुगेको उनले बताए ।
संक्रमितहरुको उपचार सेती प्रादेशिक अस्पतालमा ५ , टिकापुर ३ , जिल्ला अस्पताल वैतडि १ र डडेल्धुरा अस्पताल १ गरी जम्मा १० जनाको उपचार भइरहेको उनले बताए ।
आजसम्म पिसिआर विधिवाट ४४२१ जनाको जाँच गरिएकामध्ये ४४०६ जनामा नेगेटिभ भएको उनले बताए ।
५५२ जनाको भने नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ का शंकास्पद १९ जनाको उपचार विभिन्न अस्पतालका आइसोलेसनमा भइरहेको जनाइएको छ ।
सेती प्रादेशिक अस्पतालमा ६, टिकापुर अस्पतालमा ३, अछाम ३ , बैतडी ४ , डोटी २ ,र डडेल्धुरा अस्पतालमा १ गरी १९ जना को उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण