विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार, निको हुनेको सङ्ख्या २३ लाखभन्दा बढी
एजेन्सी । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्म विश्वभर तीन लाख ४७ हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ७४२ व्यक्तिको मृत्यु भएको छ । सङ्क्रमित मध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८८ हजार ७०९ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २१३, रूसमा तीन लाख ५३ हजार ४२७, स्पेनमा दुई लाख ८२ हजार ८५२, बेलायतमा दुई लाख ५९ हजार ५५९ र इटलीमा दुई लाख २९ हजार ८५८ सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ३४८ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७९३, इटलीमा ३२ हजार ७८५, स्पेनमा २८ हजार ७५२, फ्रान्समा २८ हजार ३६७ र ब्राजिलमा २२ हजार ७४६ सङ्क्रमितको मृत्यु भएको छ ।
सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुक बाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।
एशियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बङ्गलादेश सिङ्गापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण