बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ
बुधबार, १४ जेठ २०७७, ११ : ०५
कास्की । बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए ।
यता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यद्यपि थप विवरण आउन बाँकी रहेकाले विस्तृत बुझेर प्रेस नोट मार्फत जानकारी दिने उनको भनाइ छ । संक्रमण पुष्टि भएकाहरु अहिले क्वारेन्टाइनमा बसिरहेको बुझिएको छ ।
यसअघिका दुई संक्रमित निको भएर घर फर्किएको लामो समयपछि बागलुङमा नयाँ संक्रमित फेला परेका हुन् । यो सहित बाग्लुङमा संक्रमितको संख्या आठ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण