कुकुरको आक्रमणबाट बिग्रियो टिभी अभिनेत्रीको मुहारः पहिलो पटक भनिन्, ‘अनुहार खराब भयो, मुश्किल समयबाट गुज्रिरहेछु’
‘कितनी मोहब्बत–टु’, ‘अर्जुन’ र ‘आदत से मजबुर’जस्ता टिभी शोमा देखिएकी अभिनेत्री सना मकबूल खान एक खराब समयबाट गुज्रिरहेकी छिन् । केही हप्ताअघि कुकुरको आक्रमणमा परी उनको अनुहार शल्यक्रिया गर्नुपरेको छ । अभिनेत्रीलाई विश्वास गर्ने हो भने उक्त आक्रमणपश्चात् उनको पूरा संसार नै परिवर्तन भएको छ । यो खराब समयबाट बाहिर निस्कनका लागि उनी पूरा कोसिस गरिरहेकी छिन् ।
एक भारतीय मिडियासँगको कुराकानीमा उनले भनिन्, ‘यत्तिका दिनसम्म म यसबारे कुरा गर्न चाहँदैनथेँ किनभने धेरै मानिसहरुले यसलाई नकारात्मक तरिकाले हेरिरहनुभएको छ । यो कसरी भयो, कहिले भयो, यसबारे केही पनि भन्न चाहन्नँ । यति मात्र भन्न चाहन्छु कि थोरै मुश्किल समयबाट गुज्रिरहेकी छु र यो समयबाट बाहिर निस्कनका लागि आफ्नै हिम्मत बढाइरहेकी छु ।’
आफ्नो अनुहारमाथि आक्रमण भएकोबारे कुरा गर्दै उनी भन्छिन्, ‘मेरो पूरा अनुहार खराब भएको नभई एउटा हिस्सा बिग्रिएको हो । त्यो हिस्साको शल्यक्रिया भएको छ जसलाई स्क्रिन ग्राफ्टिङ भनिन्छ । यसमा शरीरको एउटा भागको छाला निकालेर घाउ भएको ठाउँमा राखिन्छ । पहिलो शल्यक्रिया सफल रह्यो र अब निको हुने क्रममा छ । अक्टोबर–नोभेम्बरको बीचमा पुनः अर्को शल्यक्रिया हुनेछ जसलाई रिकन्सट्रक्टेड शल्यक्रिया भनिन्छ । त्यसपछि थोरै सुधार हुनेछ ।’
उनी थप्छिन्, ‘एक व्यक्ति र कलाकारको रुपमा तपाईंलाई आफ्नो अनुहारसँग निकै माया लाग्छ । मेरो प्राकृतिक अनुहार खराब भएको छ जसका कारण मलाई निकै दुःख लागेको छ । अब यो पहिलेको जस्तो कहिले पनि हुनेछैन । मैले आफ्नो सोसल अकाउन्टमा जब यसबारे जानकारी दिएँ तब धेरै मानिसहरुले यसलाई नकारात्मक तरिकाले हेरे । मानिसहरुले मेरो अनुहार पूर्ण रुपमा खराब भयो भनेर कमेन्ट गर्न थाले । म सबैलाई यो भन्न चाहन्छु कि मेरो अनुहार त्यस्तै नै छ मात्र एउटा हिस्सा खराब भएको छ जसको शल्यक्रिया चलिरहेको छ । सुरुवातमा मलाई निकै तनाव हुन्थ्यो तर अब म यसबाट बाहिर निस्कने पूरा कोसिसमा लागीपरेकी छु । म ठिक भइरहेकी छु ।’
साना अन्तिम पटक सिरियल ‘विष’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण