कस्तो थिइन् कस्ती भइन्ः हेर्नुहोस् सारा अली खानको यो भिडियो जसमा देखिन्छ उनको ‘फ्याट टु फिट’ को यात्रा
बलिउड नायिका सारा अली खानको फिटनेस बारे त तपाईं जानकार हुनुहुन्छ । सोसल मिडियामा धेरैजसो उनको बोल्ड तस्बिर भाइरल हुने गर्छन् । साथै उनले आफ्नो वर्कआउट भिडियो पनि सेयर गरिरहन्छिन् । सारा पहिलेको तुलनामा निकै फेरिएकी छिन् । साराले हालै एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनको शरीरको परिवर्तन निकै राम्रोसँग देख्न सकिन्छ ।
यो भिडियोमा साराका पुराना तस्बिर पनि देख्न सकिन्छ भने उनको वर्कआउटको भिडियो पनि राखिएको छ । यसमा साराले आफ्नो पूरा शरीरलाई कसरी परिवतर्न गरिन् भनेर देखाइएको छ । उनले यो भिडियोको क्याप्सनमा लेखेकी छिन् ‘साराको सारा’ बाट ‘साराको आधा’ ।
साथै उनले लेखेकी छिन्, ‘नमस्ते दर्शक लकडाउन एडिशन एपिसोड–२ । ’
यो भिडियो साराको पुरानो तस्बिरसहित सुरु हुन्छ र त्यसपछि सारा अली खान वर्कआउट गरिरहेको देख्न सकिन्छ । त्यसपछि उनका नयाँ तस्बिर आउँछन् जसमा उनको शरीरमा निकै परिवर्तन आइरहेको देख्न सकिन्छ । यो भिडियोलाई मानिसहरुले निकै रुचाइरहेका छन् र आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण