टिचिङमा मृत्यु भएका कोरोना संक्रमितको अन्तिम संस्कार गरियो
बुधबार, २१ जेठ २०७७, २३ : ०५
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएका ७६ वर्षीय कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ ।
बुधबार मृत्यु भएका दोलखाका उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको पशुपति कोषका एक कार्यसमिति सदस्यले रातोपाटीलाई जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिअनुसार बुधबार साँझ अन्तिम संस्कार गरिएको हो ।
मृतक ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक
-
सहकारी प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’
-
जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी
-
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आवश्यक छ : मन्त्री चौधरी
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे