मातृकाले गरे पत्रकारहरुको बीमाका लागि आर्थिक सहयोग
बिहीबार, २२ जेठ २०७७, १५ : ४९
जनकपुर । नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले पत्रकारहरुको कोरोना तथा दुर्घटना बीमाका लागि सहयोग गरेका छन् । जनकपुरधाममा सक्रियतापूर्वक विभिन्न सञ्चारमाध्यममा कार्यरत्त रहेका ५० जना पत्रकारको लागि नेता यादवले रकम सहयोग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रलाई रकम हस्तान्तरण गर्दै निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता यादवले बीमाको लागि ३० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । पत्रकारहरु अगग्रपंक्तिमा रहेर स्थलगत रिपोर्टिङ गर्ने भएकोले बीमाको लागि सहयोग गरेको नेता यादवले बताए । यसअघि नेपाली काँग्रेस धनुषाका नेता सुनिलकुमार झा मिन्टनले ३० थान प्रेस ज्याकेट उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण