प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो
बुटवल । प्रदेश ५ मा कोरोना संत्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । तीनदिन अघि पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएपछि मृतकको संख्या प्रदेश ५ मा तीन पुगेको हो ।
पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको तीन दिनअघि मृत्यु भएको थियो । पाल्पाको पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुरयाइएको थियो । त्यहीँ मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
भैरहवारहेको प्रदेश प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले पाल्पामा मृत्यु भएका पुरुषको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको बताएका थिए । साथै संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पनि ती पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
रिपोर्ट नआउँदासम्म उनको सब व्यवस्थापन भएको थिएन । अव भने कोभिड १९को शव व्यवस्थापन मापदण्ड अनुसार उनको शव व्यवस्थापन गर्नुपर्ने छ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बिहीबार पाल्पाको मृतक एक सहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । पाल्पा सवै कोरोनाबाट ५ नम्बर प्रदेशमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुरमा एक युवाको मृत्यु भएको थियो भने गुल्मीका शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण