विद्युतीय गाडीमा अर्थमन्त्री मुछिएपछि सरकारको स्पष्टिकरण : भन्सारदर अघिल्लो रात तय हुन्छ, संकेत कसैले पाउँदैन
बजेटअघि सरकारले सूचना चुहाएर उल्लेख्य संख्यामा विद्युतीय गाडी भित्र्याउन चलखेल गरेको भन्दै आलोचना भएपछि यसबारे स्पष्टिकरण दिएको छ । जेठ १ गतेदेखि १४ गतेसम्म जम्मा ९० वटा विद्युतीय सवारीको चाजपास भएको छ । त्यसमा जेठ सात गते ७५ वटा, १३ गते १६ वटा, १४ गते २ वटा जाँचपास भएका थिए । गत वर्षपनि बजेट अघि ५४ वटा विद्युतीय गाडी जाँचपास भएका थिए । यो गत वर्षको भन्दा दोब्बर नजिक भए पनि सामान्य भएको भन्सार विभागले स्पष्टिकरण दिएको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सारमा आइपुगेको थियो । जेठ ७ गते जाँचपास भएको ७५ वटा सवारी साधन बैशाख ११ गते भन्सारमा आएको थियो । बजेटको एक हप्ता अगाडी जम्मा १८ वटा विद्युतीय गाडीमात्र जाँचपास भएको भन्सार विभागले जनाएको छ । विभागले विद्युतीय भन्दा इन्धनका गाडी बढी भित्रिएको स्पष्ट पारेको छ । बजेटको एक साता अघि इन्धनको सावारी साधन ३४३ वटा जाँच्पास भएका थिए ।
भन्सारको दररेट जेठ १४ गते रातिमात्र तय हुने भएकाले कुनै संकेत पाएर जाँचपास नहुने सरकारको स्पष्टिकरण छ । सामनन्यतया बजेट पेश हुने अघिल्लो दिन धेरै राजस्व संकलन हुने गरेको विभागले जनाएको छ । जेठ १४ गते १ अर्ब ७२ करोड राजस्व संकलन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
