विद्युतीय गाडीमा अर्थमन्त्री मुछिएपछि सरकारको स्पष्टिकरण : भन्सारदर अघिल्लो रात तय हुन्छ, संकेत कसैले पाउँदैन

बजेटअघि सरकारले सूचना चुहाएर उल्लेख्य संख्यामा विद्युतीय गाडी भित्र्याउन चलखेल गरेको भन्दै आलोचना भएपछि यसबारे स्पष्टिकरण दिएको छ । जेठ १ गतेदेखि १४ गतेसम्म जम्मा ९० वटा विद्युतीय सवारीको चाजपास भएको छ । त्यसमा जेठ सात गते ७५ वटा, १३ गते १६ वटा, १४ गते २ वटा जाँचपास भएका थिए । गत वर्षपनि बजेट अघि ५४ वटा विद्युतीय गाडी जाँचपास भएका थिए । यो गत वर्षको भन्दा दोब्बर नजिक भए पनि सामान्य भएको भन्सार विभागले स्पष्टिकरण दिएको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सारमा आइपुगेको थियो । जेठ ७ गते जाँचपास भएको ७५ वटा सवारी साधन बैशाख ११ गते भन्सारमा आएको थियो । बजेटको एक हप्ता अगाडी जम्मा १८ वटा विद्युतीय गाडीमात्र जाँचपास भएको भन्सार विभागले जनाएको छ । विभागले विद्युतीय भन्दा इन्धनका गाडी बढी भित्रिएको स्पष्ट पारेको छ । बजेटको एक साता अघि इन्धनको सावारी साधन ३४३ वटा जाँच्पास भएका थिए ।
भन्सारको दररेट जेठ १४ गते रातिमात्र तय हुने भएकाले कुनै संकेत पाएर जाँचपास नहुने सरकारको स्पष्टिकरण छ । सामनन्यतया बजेट पेश हुने अघिल्लो दिन धेरै राजस्व संकलन हुने गरेको विभागले जनाएको छ । जेठ १४ गते १ अर्ब ७२ करोड राजस्व संकलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग