गोरखा र कास्कीमा स्थानीय स्तरमा संक्रमण
कोरोना संक्रमितको संख्या देशभर बढेसँगै गण्डकी प्रदेशमा पनि संक्रमितको कास्की ११३ पुगेको छ । गण्डकी प्रदेशमा मनाङ र मुस्ताङमा बाहेक अन्य सवै जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा देखिएका अधिकांश संक्रमित भारतबाट आएको भेटिए पनि गोरखाको एकजना र कास्कीको एक जनामा भने स्थानीय स्तरमा नै कोरोना संक्रमित भएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोदविन्दु शर्माले बताए ।
गोरखा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतमा रहेको एक युवामा कोरोना भेटिएपछि कोरोना संक्रमण देखिएको गोरखा जिल्ला प्रशासन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताए । संक्रमित युवालाई जवरजस्ती करणी मुद्दामा जेठ १० गते गिरफ्तार गरिएको थियो । १७ वर्षीय संक्रमित युवालाई पोखरा बालसुधार गृह पठाउने तयारी गर्दा उनको पीसीआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । संक्रमित युवाको कन्ट्याक ट्रेसिङ भईरहेको र सोमबारसम्म काम सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
कास्कीमा पनि एकजना हाइप्रोफाइल व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि कास्की पनि त्रसित बनेको छ । संक्रमित कानुनी व्यवसायी र पिएन क्याम्पसमा कार्यरत रहेको कारण उनीसँग सम्पर्कमा रहेको व्यक्तिहरु पनि हाइप्रोफाइल कै रहेको अनुमान गरिएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ पठाइएको थियो । उनलाई काठमाडौँ लैजानु अगाडी पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार गरिएको थियो । उनको पनि कन्टयाक ट्रेसिङको काम भईरहेको गण्डकी प्रदेश निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण