उहिलेका विरुद्ध अहिले
उहिले हाम्रो पालामा
टेप घन्काइ बाकस बोकाई
भरियालाई अघि ला’ई
विदेशबाट आउँथे
पल्लाघरे लाहुरे दाइ
हजुरबुवा जानुहुन्थ्यो
बटौली नुन लिन
फर्कि आउँदा लाग्थ्यो
साता एक दिन
भैसी हुन्थे गोठभरी
गोरु एक हल
व्यस्त थियो जीवनशैली
खालि थे’न कुनै पल
अत्तर झैं मीठो लाग्थ्यो
गाइगोठको थरी
खाएजस्तै लाग्दैनथ्यो
नआएमा गोबरको गन्धसरी
बाटोभरी डाँको हाल्दै
साथीभाइ बोलाउँदै
वनपाखा कन्दरा
कोहिलीसँगै गीत गाउँदै
जान्थ्यौ हामी पढ्नलाई
कोशौ दुरी पार गरी
बग्ने डर थियो भेल सँगै
जानुपथ्र्यो खोला तरी
स्कुल थियो धेरै टाढा
बाटो मुस्किल जानै.
स्कुल पुग्दा थाकिन्थ्यो
लाग्थ्यो एक डेढ घण्टा नैं
अहिले यिनका पालामा
स्कुल बोक्छन् गोजीमा
तर पढाइमा जान्न ध्यान
गेम कार्टुन सिरियल
जहिलेसुकै साझ बिहान
प्रविधिमा यति माहिर
सिकी आउँछन् गर्भमै
स्कुल आउने थिति छैन
कहिलेकाँही पर्व झैं
खाटी शिक्षक भए खोटी
युट्युव, गुगल सहि गुरु
अहमताले ठाउँ लियो
भनि ठान्छन् मैं गुरु
प्रकृतिको खटन यस्तै
बदलिनु छिन छिन
विकास सँगै विनास बढ्दो
विकृतिले गाँजिदैछ दिन दिन
नियतिले भनिरा’छ
जीवन शैली फेर्नुपर्छ
अहिलेको नराम्रोलाई केर्नुपर्छ
पहिलेको राम्रोलाई हेर्नुपर्छ
हुन त
राम्रो भा’छ जनजीवन
प्रविधिले फेर्दा शैली
संस्कारलाई नकुल्चिई
बढिराखे चारैतिर फैली
प्रविधिलाई गर्न सके
प्रयोग सहि तरीकाले
अज्ञानता पक्कै हट्छ
हट्छ दुरी सबै खाले
प्रकाश कुमार सिग्देल
शिक्षक, श्री बालसिद्ध मा.वि., बालिङ–७, केवरे भञ्ज्याङ्, स्याङ्जा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण