पोखरामा फाट्टफुट्ट खुल्न थाले पसल
पोखरा । महामारिको रुप लिइरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि देश ७९ दिनदेखि लकडाउनमा छ । यद्यपि, कोरोना भाइरसले उग्ररुप लिन भने छाडेको छैन । सामाजिक दूरी कायम राखेर खोल्न मिल्ने व्यवसाय खोल्न पाउनुपर्ने माग राख्दै आएका पोखराका व्यवसायीहरुले फाट्टफुट्ट पसल खोल्न थालेका छन् ।
यही आउँदो जेठ ३२ मा म्याद सकिन लागेको लकडाउनअघि नै मोडल परिवर्तन गर्ने बताएको सरकारको आधिकारिक निर्णय भने आइसकेको छैन । तर, पोखरामा अघोषित रुपमा लकडाउन खुलेको जस्तो भान हुन्छ । नीजि तथा अत्यावश्यक सेवाका सामग्री बोकेका सवारीको चहलपहल पनि बाक्लै देखिन थालेका छन् ।
पोखरा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष, दामु अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्की र व्यवसायीहरुको समझदारीमा सामाजिक दुरि कायम राखेर सुचारु गर्न मिल्ने अत्यावश्यक सेवाहरु सुर हुन थालेका हुन् ।
सेवा सुचारु गर्नको लागि सामाजिक दुरि कायम गर्दै सुरक्षा सामग्रीको अनिवार्य व्यवस्था गर्न व्यवसायीहरुलाई निर्देशन दिइएको उनले सुनाए । ‘निर्णय नै गरेर खोलिएको त होइन, खोल्न मिल्ने कुरा पनि होइन,’ उनले भने, ‘एउटा समझदारि, व्यवसायीक जन–जीवनलाई पनि विस्तारै सामान्य बनाउदै लैजानु पर्ने, अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने ठानेर खोल्न मिल्ने व्यवसाय सुरु गरौं भनेर जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएका छौं ।’
अत्यावश्यक बाहेकका सुर्तीजन्य, मदिरा, पार्टी÷प्यालेस र होटलहरु सञ्चालन गर्न नमिल्ने भए पनि सामाजिक दुरि कायम गर्न मिल्ने खालका किराना पसल, भाँडा पसल र फेन्सी लगायतका पसल खोल्न सकिने उनले बताए ।
‘पसलहरुले अनिवार्य रुपमा सेनिटाइजरको प्रयोग गर्दै, मास्कको आफूले पनि प्रयोग गर्ने र अरुलाई पनि प्रयोग गर्न लगाउने गरि आफ्नो पसलमा आउने ग्राहकको अभिलेख राखेर विस्तारै अघि बढौं भनेर लागि रहेका छौं ।’
विस्तारै लयमा फर्किने सहमति भए पनि व्यवसाय सञ्चालन गर्नुपूर्व गरिउका शर्त व्यसायीले पूरा नगरेमा पुरानै अवस्थामा फर्किने उनले सुनाए । कोरोना भाइरसको जोखिम कहिलेसम्म रहने यकिन नभई सकेको हुँदा पनि पुरानै अवस्थामा फर्किन अर्थतन्त्र चलायमान हुनुपर्ने उनको जिकिर छ ।
‘यो ट्रायल पिरियड नै हो,’ उनले भने, ‘भोलि व्यवसायीले शर्त पालना गरेनन्, संक्रमितको दर बढ्दै जान थाल्यो भने त पहिलेकै अवस्थामा जान्छ, नत्र कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्ने पनि थाहा छैन, औषधि पनि पत्ता लागेको छैन, त्यसैले पनि सामाजिक दुरि कायम राख्दै व्यवसाय सुरु गर्न सकिन्छ कि भने यसलाई ट्रायल पिरियडको रुपमा लिएका छौं ।’
व्यवसाय सञ्चालन गर्नको लागि जिल्ला प्रशासन कार्यालमा आफूहरुले पालना गर्ने शर्तहरु बुँदागत रुपमा तयार पारेर बुझाएको उनले सुनाए । जिल्ला प्रशासन कार्यालय कास्कीले आफूहरुको ध्यानाकर्षण भएको बताए पनि औपचारिक निर्णय नै गर्न नमिल्ने उनले दोहो-याए । बिस्तारै जन–जीवन सामान्य पार्ने मान्यताअनुसार आफूहरु अघि बढेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन