ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन् । कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन् ।
राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन् । उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरु व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरु विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताए ।
पछिल्ला चुनावी मतसर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन् । राष्ट्रपति ट्रम्पले बाइडेन विरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताएका छन् । हालै, अमेरिकी राज्यहरुले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरुका कारण मानिसलाई भेला हुन कठिन थियो । अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण