जुम्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन
जुम्लाका ८ वटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । हरेक स्थानीय तहलाई ६४ लाखका दरले बजेट बिनियोजन गरी बेरोजगार तथा कोभिड–१९ बाट प्रभावितलाई रोजगारी प्रदान गर्न सो कार्यक्रम लागू गरिएको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय र स्थानीय तह बीचको समन्वयमा सञ्चालित यस कार्यक्रमले बेरोजगार र कोरानाले कारण थप मारमा परेकालाई रोजगारी सिर्जना गर्ने सामाजिक विकास अधिकृत बलवीर सुनारले विश्वास व्यक्त गरे ।
आज पातारासि गाउँपालिका वडा नम्नबर ७ स्थित रिनि गाउँमा नब निर्मित श्री दुर्गादेवी महिला कृषि आलु प्रशोधन भवन निर्माण कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाल बहादुर सार्कीले यस्ता कार्यक्रमले कोरानाले रोजगार गुमेकालाई राहत मिल्ने विश्वास व्यक्त गरे ।
साथै सामाजिक विकास कार्यालय जुम्लाका सब इन्जिनियर प्रेम बहादुर शाहीका अनुसार कार्यक्रमको कुल बजेट मध्ये ७० प्रतिशत रकम कामदारले ज्याला बाफत पाउने छन् भने ३० प्रतिशत रकम आयोजनालाई आवश्यक सामाग्री खरिद गर्न खर्चिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण