बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...

बिहीबार, ३२ असार २०८३, १६ : ५२
बिहीबार, ३२ असार २०८३

टोकियो । तपाईंलाई असह्य पीडा भइरहेको छ । तर दुखेर कराउन सक्नु भएन भने के हुन्छ ? सोच्नुस् त । जापानको इबाराकी प्रिफेक्चरमा यस्तै खालको एउटा घटना भएको छ । 

एक महिलाले आफ्नै रुममेटको ओठ सुई–धागोले सिलाइदिएकी छिन् । पीडित ज्यान बचाएर भाग्दै नजिकैको पसलमा पुगेपछि यो घटना सार्वजनिक भएको हो ।

साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)मा छापिएको समाचार अनुसार ४९ वर्षिय मसाए साकुराईदाई ४२ वर्षिय एक महिलालाई घाइते बनाएको आशङ्कामा पक्राउ गरिएको छ । पसलेका अनुसार पीडितले केही बोल्न नसकेपछि उनलाई कागजका एउटा टुक्रा दिए । त्यसपछि पीडितले आफूमाथि परेको बज्रपात त्यसमा देखिन् । यसलाई पढेलगत्तै पसलेले प्रहरीलाई फोन गरिदिए ।  

प्रहरीका अनुसार पीडित कयौं यत्नपछि घरबाट भाग्न सफल भई नजिकैको पसलमा पुगेकी थिइन् । ओठ सिएकोले उनी बोल्न सक्ने अवस्थामा थिइनन् । त्यसपछि उनले कागजमा आफ्नो अवस्था लेखेर पसल सञ्चालकलाई बताइन् । घटनाको जानकारी पाएलगत्तै पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार गत जुन २९ मा साकुराईले सुई र धागोले पीडिताको ओठ सिउदिएकी थिइन् । प्रारम्भिक अनुसन्धानअनुसार पीडित महिला अप्रिल २०२५ देखि साकुराईसँग एउटै घरमा बस्दै आएकी थिइन् । के कारणले यो घटना भयो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीय बासिन्दाका अनुसार साकुराईले आफ्नो घरमा आश्रयविहीन मानिसहरूलाई बस्न दिने गरेकी थिइन् ।

घरमा विभिन्न महिला र युवाहरू आउने–जाने गरेको देखिने भए पनि त्यो वास्तवमै आश्रयस्थल (शेल्टर होम) थियो वा अन्य कुनै गतिविधि सञ्चालन भइरहेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 हालसम्म प्रहरीले आरोपीले आरोप स्वीकार गरेकी छन् वा छैनन् भन्ने खुलाएको छैन । साथै घटना हुँदा घरमा अन्य को–को उपस्थित थिए भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप