शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पातारासी गाउँपालिकामा भारत र तेस्रो मुलुकमा रहेका नागरिकको तथ्यांक संकलन

शुक्रबार, ३० जेठ २०७७, २२ : १२
शुक्रबार, ३० जेठ २०७७

भारत र जिल्ला बाहिर आउने  मानिसहरुको संख्या अत्याधिक बढेपछि यहाँको पातारासी गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकको तथ्यांक संकलन गरेको छ । यहाँको पातारासी गाउँपालिका जुम्लाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्यांक संकलन गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले भने, 'विदेशमा रहेका नागरिकहरु कति छन् ? कसरी व्यवस्थापन गर्ने भन्ने योजनाका साथ तथ्यांक संकलन गरिएको छ ।' पालिकाको स्वास्थ्य शाखामा प्राप्त तथ्यांक अनुसार भारत र तेस्रो मुलुकमा रहेका नागरिक एक हजार ५५ जना रहेका उनले जानकारी दिए । 

कति छन् विदेशमा ? 

पातारासी गाउँपालिकाको वडा नम्बर १ मा भारतमा रहेका १३० जना, तेस्रो मुलुकमा रहेका २८ जना, वडा नम्बर २ मा भारतमा २०२ जना, तेस्रो मुलुकमा भएका २५ जना, वडा नम्बर ३ मा भारमा रहेका २५७ जना, तेस्रो मुलुकमा रहेका ७ जना, बडा नम्बर ४ मा भारतमा १२७ जना र तेस्रो मुलुकमा ३९ जना, वडा नम्बर ५ मा भारतामा रहेका ७६ जना र तेस्रो मुलुकमा रहेका ३८ जना, वडा नम्बर ६ मा भारतमा रहेका ४० जना र तेस्रो मुलुकमा रहेका २४ जना, वडा नम्बर ७ मा  भारतमा रहेका ११९ जना र तेस्रो मुलुकमा रहेका १९ जना छन् ।  

उनका अनुसार स्वयंसेविका र वडा कार्यालयको सहयोगमा हरेक वडामा तथ्यांक संकलन गरिएको हो । अहिले विशेष गरी रोजगारी वा अन्य शिलसिलामा रहेका नागरिकहरुको तथ्यांक राखिएको हो ।  
 
गाउँपालिका अध्यक्ष लछिमन बोहराका अनुसार अहिले कोरोना रोकथाम अभियानमा गाउँपालिका लागिरहेको छ  । अनेकौ व्यवस्थापन गर्नुपर्ने भएकाले अव खास हाम्रा नागरिक बाहिर कति छन् त भन्ने बिषयमा स्वास्थ्य शाखाको सक्रियतामा  तथ्यांक संकलन गरिएको र सोही अनुसार अगाडि बढ्न थालिएको छ ।

हरेक वडा कार्यालयको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहयोगमा तथ्यांक संकलन गरिएको संयोजक बुढ्थापाले जानकारी दिए । यता प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार वडा स्तरमा तथ्यांक संकलन गरि एकिकृत गरिएको र सोही अनुसार फर्किैने व्यक्तिका लागि गाउँपालिकामा क्वारेन्टाईनको व्ययवस्था गरिनेछ । 

अहिले समाज शास्त्री डोरबहादुर बिष्टको जिण भवनलाई मर्मत गरेर गाउँपालिका स्तरीय क्वारेन्टाईन निर्माण गरिएको छ । ५० सो क्वारेन्टाईनमा रहेको गाउँपालिकाले जनाएको छ । यसैगरी गाउँपालिकाले स्वदेशबाट आउने नागरिकहरुका लागि आ आफ्नै वडामा क्वारेन्टीन बनाएको छ । 

जिल्लाका सवै स्थानीय तहलाई विदेश र जिल्ला वाहिर रहेका नागरिकहरु के कति छन् यसको तथ्यांक राख्न स्थानीय प्रशासनले समेत जोड दिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए ।

उनका अनुसार तथ्यांक अनुसार व्यवस्थापन र कोभिड रोकथाममा सजिलो हुने भएकाले जिल्लाभरीकै तथ्यांक संकलन अनिवार्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप